बागमती प्रदेश सरकार

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय

हेटौडा, नेपाल

कार्य जिम्मेवारी

प्रकाशित मिति : 2022-01-20 13:34:34

बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, 2080 बमोजिम यस मन्त्रालयको कार्य जिम्मेवारी देहाय अनुसारको रहेको छ।

  • प्रादेशिक पर्यटन विकासको नीति, कानून, मापदण्ड र योजना निर्माण, पूर्वाधार विकास, प्रवर्द्धन र नियमन,
  • पर्यटक प्रहरी समन्वय।
  • पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी, गाईड, र्‍याफ्टिङ आदिको दर्ता, अनुमति, नवीकरण र नियमन।
  • संघीय कानून बमोजिम क्यासिनो तथा चिट्ठा दर्ता, अनुमति र नियमन।
  • भाषा, लिपी, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन।
  • ऐतिहासिक,धार्मिक, सांस्कृतिक एवं कला र वास्तु कलात्मक दृष्टिकोणले महत्त्व बोकेका प्रादेशिकस्तरका दरबारहरुको संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान तथा व्यवसस्थापन।
  • प्रादेशिकस्तरमा संग्रहालय स्थापना, सञ्चालन तथा व्यवस्थापन।
  • प्रदेशस्तरका पुरातात्त्विक महत्त्वका स्थल, ऐतिहासिक र धार्मिक सांस्कृतिक सम्पदा, प्राचीन स्मारक, संग्रहालय, गढी, सांस्कृतिक धरोहर सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन एवम् संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान, उत्खनन तथा पुनर्निर्माण।
  • धर्म, परम्परा र गुठी अन्तर्गत चली आएका विभिन्न जात्रा, पर्वहरुको सञ्चालन र व्यवस्थापन।
  • संस्कृतिको विकास सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन।
  • सहकारी संस्था, सहकारी संघ तथा सहकारी बैंक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको तर्जुमा र कार्यान्वयन, सञ्‍चालन अनुमति, नियमन, तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान।
  • सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी प्रादेशिक मापदण्ड निर्धारण र नियमन।
  • सहकारी सम्बन्धमा संघीय, अन्तर प्रादेशिक र स्थानीय तहका संघ संस्थासँग समन्वय र सहकार्य।
  • सहकारी क्षेत्रको विकास तथा प्रवर्द्धन, क्षमता अभिवृद्धि र परिचालन।
  • प्रदेश भित्रका सहकारी संस्थाको दर्ता, नियमन, प्रशिक्षण तथा अनुगमन।