Introduction

Published On : 2020-11-18 12:27:38

नेपालको संविधानले¸ नेपालका ऐतिहासिक¸ सांस्कृतिक¸ धार्मिक¸ पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान¸ संरक्षण¸ प्रवर्द्दन एवं प्रचार प्रसार मार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने¸पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने पर्यटन सम्बन्धी निति रहेको छ ।

मूलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । यस क्षेत्रबाट विदेशी मुद्राको आर्जन¸ रोजगारी सिर्जना¸ समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउदै आएको छ । यस प्रदेशमा रहेका सास्कृतिक सम्पदाको संरक्षण र विकास गरी सो को आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई यस प्रदेशको आर्थिक आधारको रुपमा ग्रामिण तह सम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तह सम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण¸ विस्तार र प्रवर्द्दन गर्न आवश्यक रहेको छ ।

यस प्रदेशमा साविकमा उद्योग¸पर्यटन वन तथा वातावरण मन्त्रालय रहेकोमा बागमती प्रदेश सरकार मन्त्रीपरीषदको निर्णयानुसार प्रदेश सरकार कार्यविभाजन नियमावली 2074 (संशोधन सहित) बमोजिम मिति 2078।08।15 गते स्थापना भएको हो ।