Holy Places

Published On : 2022-01-31 13:43:23

महत्वपूर्ण धार्मिक स्थानहरू

यस प्रदेशमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ (काठमाडौ), बूढानीलकण्ठ(काठमाडौ),स्वयम्भूनाथ(काठमाडौ), चागुनारायण (भक्तपुर), गोसाइकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भिमेश्वर (दोलखा),  लगायतका महत्वपूर्ण धार्मिक स्थलहरु छन् ।

प्रमुख ऐतिहासिक गढीहरू

मकवानपुर गढी: सेन राजाहरूले 197 वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. 1622 मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब 17 किलोमिटर उत्तर–पूर्वमा पर्छ। मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो ।

सिन्धुलीगढी: सिन्धुली जिल्लामा रहेको सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान मानिन्छ । काठमाडौंबाट करबि 1 सय 50 किलोमिटर दक्षिणपूर्वमा 4 हजार 6 सय 48 फिट उचाइमा रहेको यो क्षेत्र ऐतिहासिक रुपमा सुरक्षाको दृष्टकोणले महत्वपुर्ण मानिन्छ । सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि 'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार' गीतको सम्झना आउँछ।

रसुवागढी: नेपाल-चीन सीमानामा पर्ने रसुवागढी करिव डेढ शताव्दी पुरानो ऐतिहासिक गढी नेपाल चिनबीचमा रहेको महत्वपुर्ण सुरक्षा गढी मानिन्छ । नेपाल चीनबीचको व्यापारिक सम्बन्धलाई जोड्ने यस गढीको वि.सं 1912 सालमा निर्माण भएको थियो।

प्रमुख ताल र कुण्डहरू

यो प्रदेश ताल, कुण्ड तथा सिमसारीय महत्त्व राख्ने प्रदेश हो।यस प्रदेशमा 20 हजारीय ताल, गोसाईकुण्ड, च्छोरोल्पा हिमताल, जट पोखरी, पाँच पोखरी तथा बहुलाह पोखरीजस्ता महत्वपूर्ण सम्पदाहरू यहा रहेका छन।

प्रमुख हिमश्रृखला र हिमालहरू

यस प्रदेशमा रहेको लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमश्रृंखला गरी दुईवटा हिमश्रृंखला पर्यटनका दृष्टकोणले महत्वपुर्ण रहेका छन् ।नेपालमा 5 हजार मिटर भन्दा माथिका हिमचुचुराको सङ्ख्या 414 वटा रहेकोमा यस प्रदेशमा 61 वटा छन् । यस प्रदेशमा रहेको अग्लो चुचुरा लाङ्टाङ् लिरूङ् 7227 मिटर, लाङ्टाङ् र 7205 मिटर, गौरीशंकर 7135 मिटर उचार्इ रहेको छ ।

प्रमुख नदीहरू

यस प्रदेशमा 10 वटा उपजलाधार प्रणालीहरू (Sub-basins) र 33 वटा मुख्य नदीहरू रहेका छन । यी मध्ये सबभन्दा लामो नदी सुनकोशी रहेको छ जसको लम्बाई 160.19 कि.मी. रहेको छ भने सबभन्दा छोटो नदी लालबकैया रहेको छ जस्को लम्बाई 1.89 कि.मी छ ।

भू-उपयोगको अवस्था

यस प्रदेशको कुल जमिनको 53.7 प्रतिशत (1090085 हेक्टर) जमिन वनले र 7.57 प्रतिशत (153759 हेक्टर) झाडी बुट्यानले गरी कुल 59.27 प्रतिशत (1243844 हेक्टर) जमिन बन क्षेत्रले ओगटेको छ भने 24.34 प्रतिशत (494084 हेक्टर) जमिनमा खेती भएको देखिन्छ । सबैभन्दा थोरै जमिन 307 हेक्टर (0.02 प्रतिशत) ताल पोखरीले ओगटेको देखिन्छ ।

प्रमुख जातजाति तथा भाषाभाषी

जातिगत रूपमा यस प्रदेशमा मुख्यतः तामाङ (20.42 प्रतिशत), पहाडी ब्राह्मण (18.28 प्रतिशत), क्षेत्री (17.28 प्रतिशत) र नेवार (16.92 प्रतिशत) समुदाय रहेका छन् भने 104 वटा जातिहरू (अन्य समेत) को उपस्थिति 1 प्रतिशत भन्दा कम छ ।